‘माओवादी जनयुद्ध’ पाठ्यक्रममा राखेर ‘सन्दुक रुइत’ किन हटाइयो ? : सांसद पन्त

काठमाडौँ । प्रतिनिधि सभा सदस्य (सांसद) रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग जवाफ मागेका छन् । उनले रूइतकाे जीवनी हटाइएकाे प्रति आपत्ती जनाए ।

‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा. सन्दुक रुइतको बारेमा लेखिएको ८ पृष्ठको जिवनी पढाइन्थ्यो,’ उनले भने, ‘त्यो पाठ्यपुस्तकबाट हटाइयो । डा. सन्दुक रुइतको जिवनी, उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ । त्यो जिवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जिवनी हटाइयो शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस् भन्ने चाहन्छु ।’

उनले प्रधानमन्त्री प्रचण्डकाे पार्टीले चुनाव जितेको  कालिकोटको पताल झरना गाउँपालिकामा ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द माओवादी जनयुद्ध बारे, त्यसको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर कोर्सबुकमा राखिएको भन्दै आपत्ती जनाएका छन् ।

‘यो काम कसैले पनि नगरौँ,’ उनले भने, ‘एमालेले झापा बिद्रोह बारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्ष बारे, राप्रपाले पञ्चायत र राजतन्त्र बारे कोर्स बुकमा राख्नथाल्यो भने आ–आफूले ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =