कक्षा १० को पाठ्यपुस्तकबाट सन्दुक रुइतको जिवनी हटाइयो

काठमाडौँ । चर्चित आँखा विशेषज्ञ डा. सन्दुक रुइतको जिवनी कक्षा १० को पाठ्यपुस्तकबाट हटाएकोमा नेपाल विद्यार्थी संघले विरोध जनाएको छ ।

सोमबार पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालकसँग भेट गरी यस विषयमा गम्भीर ध्यानकर्षण गराएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा. सन्दूक रुइतको जिवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भनेर प्रश्न गरें’, शेर्पाले भने ।

जवाफमा महानिर्देशक अर्यालले कक्षा १० को पाठ्यक्रम बाट हटाएको भएता पनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको जानकारी दिएको शेर्पाले बताए । नेविसंघले महानिर्देशक अर्यालसँग फोनमार्फत दुई विषयमा जानकारी लिनुको साथै ध्यानाकर्षण गराएको शेर्पाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *