नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सरकारी वकिलको कार्यालयमा सोमबार प्रतिवेदन बुझाएको र आफूहरूले अध्ययन थालेको सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ५७ दिन अनुसन्धान गरेपछि प्रतिवेदन तयार गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा ३२ जनालाई तत्काल प्रतिवादी बनाउन प्रहरीको राय छ। अन्य केहीको पनि संलग्नता देखिएको प्रहरीको निष्कर्ष छ ।

उनीहरूको बारेमा थप अनुसन्धान गरेर पूरक अभियोगको बाटो प्रहरीले राखेको छ। प्रहरीले ठगी, संगठित अपराध, लिखतसम्बन्धी कसुर लगायतमा मुद्दा चलाउन राय दिएको छ ।

यो मुद्दामा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ ।

यसै गरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज लगायत १६ जना फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *