योगेशलाई देवेन्द्रको जवाफ : ‘मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताए ।
त्यसअघि नेकपा९एमाले०का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाउनुभएको थियो । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र डुङ्गाहरूले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे ।
उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोश पल्टाएर हेर्न पनि आग्रह गरे । उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफू हजार पटक आँखा जुधाएर बहस गर्न तयार रहेको बताए ।
उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे । उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे ।
उनले भने, ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछा युद्ध थियो रु भालु युद्ध थियो रु जङ्गलका अर्नाहरू लडेका थिए रु कि रुख, डुङ्गाहरू लडेका थिए रु माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरूले लडेका युद्ध थियो । बिर्सिनुभयो बृहत् शान्ति सम्झौता रु तपाईँको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो रु हामी त्यही शृङ्खलामा छौँ । त्यस कारण म के भन्न चाहन्छु भने नेपाली जनतालाई सार्वभौम बनाउनको निम्ति, संविधानसभाबाट संविधान बनाउनको निम्ति जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु आउनुस् बहस गर्न यहाँ समय नमिल्ला । नेपाली जनताले एकात्मक शाह वंशीय राजतन्त्रको अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि लडाइँ लडिएको थियो । हामी सबैपछि सहकार्य ग¥यौँ । जनआन्दोलनमा आयौँ । सलाम छ । तर इतिहासलाई नबिर्सौँ । रोष टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ यहाँ । माननीयज्युहरु धनगढीमा गएर तपाईँहरूले अहिले चलिरहेको छ नागरिक अभिनन्दन । राजतन्त्र फर्काउने कुरा । त्यहाँ गएर बहस गर्नुस् । हामी यहाँ सहकार्य गर्न तयार छौँ । आजको इतिहास सबैले मिलेर ल्याएको गणतन्त्रलाई जोगाएर अगाडी बढ्ने इतिहास हो । विगतमा सबै आन्दोलनप्रति सम्मान गर्न सिकौँ ।’
उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रूपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए । उनले नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताए । नीति तथा कार्यक्रम पारित हुने उनले बताए ।








