देशमा ठूलो राजनीतिक परिवर्तनका बाहक नेपाली श्रमजीवी महिला : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् ।

आइतबार बिहान अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिद्वारा कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवम् विद्यमान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिलाहरू एकताबद्ध हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले देशमा ठूलो राजनीतिक परिवर्तनका बाहक नेपाली श्रमजीवी महिला रहेको बत्ताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि ०६४ साल कै अवस्थामा पुग्न सक्ने स्पष्ट पारे । अहिले गणतन्त्र विरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामी विरुद्ध परिवर्तनकामीहरु एकजुट हुनु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =