माधव नेपालको पार्टी अब चल्दैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी अब नचल्ने बताएका छन्।

शनिबार दाङको तुलसीपुरमा नेत्रलाल पौडेल अभागीको ४०औं स्मृति सभालाई सम्बोधन गर्दै उनले अब एकीकृत समाजवादी पार्टी नचल्ने बताएका हुन्।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्व सांसद हिराचन्द्र केसी र शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणी बेलबासे, उपाध्यक्ष चुर्ण वली, सचिव डिल्लीबहादुर डाँगीसहित झन्डै चार सय जना नेता कार्यकर्ता एमालेमा फर्किएपछि महासचिव पोखेरेलले त्यो पार्टीको भविष्य नरहेको बताएका हुन्।

माधव नेपालले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउन र पराजीत गर्नकै लागि पार्टी विभाजन गरेको आरोप पोखरेलले लगाए।

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र पनि ओरालो लागिरहेको अस्तित्व संकटमा परेको बताए।

माओवादीले ठूला दलहरूबीचमा खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनले बताए।

 

 

प्रतिक्रिया

One thought on “माधव नेपालको पार्टी अब चल्दैन : शंकर पोखरेल

  1. आफ्नो चिन्ता गर न अरुको किन चिन्ता हो लठैत हो। नेपालमा किन बौध्दिक मान्छे नेता हुन सकेन कि नेता भएपछि बुध्दि गाएब हुने हो। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =