एमालेको विरोधपछि स्थगित सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू

प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू भएको छ। शनिबार ५ बजे बसेको दोस्रो प्रदेश सभाको प्रथम अधिवेशनको नवौं बैठक केहिबेर स्थगित भएको थियो।

अढाई महिनापछि बसेको बैठक नेकपा एमालेका सांसदहरूले बोल्ने समयको विषयलाई लिएर अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो।

 

सांसदहरूलाई शून्य समय निर्धारण गरेसँगै एमालेले बैठक चलाउन सहमति जनाएको हो। अहिले एमाले सांसदहरू बोलिरहेका छन‍्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *