बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।

शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए ।

उनले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अप्ठ्यारो हुने गरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । उनले अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए ।

उनले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताए । उनले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताए । उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्शनलाई प्रहार गर्न आवश्यक रहेको बताए ।

वाग्ले भन्छन्, ‘यो देशमा पोलिसी करप्शन बढ्यो । यसरी गरिन थाल्यो की अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर सामर्थ्य भए त संविधान नै संशोधन गरेर पनि करप्शनलाई लिगलाइज गर्ने गरेर गएको छ हामीले हाक्काहाक्की अभियुक्त गल्ती गर्नेहरूलाई पक्रन पनि गाह्रो हुने गरेर यो अघि बढेको छ । धेरै कुराहरु अर्थ मन्त्रालयमा नै गएर ठोक्किने भएकाले यसमा पनि केही सोच यहाँले सार्नुहोला । लाइसेन्सिङ र पोलिसी करप्शनलाई यहाँले प्रहार गर्नुहोला । बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला । समग्र बजेटको विश्वसनीयतामा कस्ता कस्ता अंकहरुको तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ । अनुदान छ्याप्पै सुकेको छ । बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।’

सांसद वाग्लेले बजेट विश्वसनीय बनाउने हो भने अप्रिय र निर्मम कदम चाल्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *