घरमै मृत भेटिइन् २६ वर्षीया डाक्टर प्रसन्ना शाह

धनगढी । कैलालीको धनगढी एक डाक्टर मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् ।

उनी बिहीबार बिहान आफ्नो घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए । उनकाअनुसार डा. शाह बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृत्युको कारण भने खुल्न सकेको छैन ।

शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । डा. शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *