पुलबाट तामाकोशीमा हामफाली आत्महत्या प्रयास गरेका व्यक्तिकाे सशस्त्रले गर्यो जिवितै उद्धार
२०८० जेठ ४ गते

पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक युवकको सशस्त्र प्रहरीले जिवितै उद्धार गरेको छ।
मन्थली नगरपालिका–१ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट बिहीबार एक युवकले हामफाली आत्महत्या प्रयास गरेका थिए।

मन्थली–७ वडारे बस्ने २५ वर्षीय हर्कमान माझी पुलबाट नदीमा हामफालेको देख्नासाथै सशस्त्र प्रहरीको आश्रीत गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायब निरीक्षक केदारराज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली उनलाई जिवितै उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








