संसद्मा आज: सांसदका सवाल, प्रधानमन्त्रीको जवाफ
२०८० जेठ ४ गते

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसद्मा प्रत्यक्ष सवाल-जवाफ हुने भएको हो ।
साथै, प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








