कोशी प्रदेशका खेलकुद बोर्ड सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेशका प्रदेश खेलकुद बोर्ड सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्तमा परेका छन्।

बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको हो।

कार्यक्रमको ब्यानरमा कोशी प्रदेश नलेखेका कारण सदस्य सचिव वाग्लेलाई बर्खास्त गरेको बताइएको छ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो।

मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो। स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई सरकारले बर्खास्त गरेको हो।

नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा वाग्ले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए।
तर अहिले एमाले नेतृत्वको सरकारले उनलाई हटाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *