अब छुट मूल्यमा स्मार्टफोन रेडमी १० उपलब्ध

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीलेरेडमी १० (२०२२) नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० (२०२२) मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौँ र हामी विश्वस्त छौं कि रेडमी १० (२०२२) को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।’

रेडमी १० (२०२२) यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ । यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडि प्लस डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ ।

शक्तिशाली : मिडिया टेक हिलो जी ८८ प्रोसेसरद्वारा सञ्चालित, रेडमी १० (२०२२) ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्ने बताइएको छ ।

१८ डब्लु फास्ट चार्जिङ सपोर्ट रहेने यसमा शक्तिसाली छ,५००० एमएएच ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *