मुलुकको अर्थतन्त्रलाई लयमा ल्याई समृद्धितर्फ अग्रसर बनाउनु पर्छ : सांसद कार्की

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याएर विकास निर्माण र समृद्धितर्फ मुलुकलाई अग्रसर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएका हुन् । उनले मुलुकको विकासका हकदार ग्रामिण क्षेत्रका सामान्य जनता भएको भन्दै त्यहाँका जनतालाई केन्द्रमा राखेर सरकारले अहिलेको अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताए ।

उनले जनतालाई केन्द्रमा राखेर विकास निर्माणको योजना बनाउनुपर्ने विषयमा समितिमा गम्भिर छलफल गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई लयमा ल्याएर विकास निर्माण र समृद्धितर्फ मुलुकलाई अग्रसर बनाउनुपर्ने आवश्यकता छ । अहिले विकासका हकदार हो हुन् । विकासका हकदार हामीलाई निर्वाचित गरेर पठाउने ग्रामिण क्षेत्रका जनता नै विकासका हकदार हुन् । उहाँहरुलाई केन्द्रमा राखेर सरकारले अहिलेको अर्थतन्त्रलाई लयमा ल्याउन सकिन्छ समितिमा गम्भिर रुपमा छलफल गरेर जानुपर्छ । त्यसो गर्न सक्यो भने जनतामा आशा छर्नसक्छौं । अहिले अफ्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा पनि लानसक्छौं । त्यस दिशमा समितिको छलफल केन्द्रित हुन आवश्यक छ ।’

उनले जनता केन्द्रित विकास योजना बनाउन सक्यो भने जनतामा आशा छर्न सकिने बताए । उनले अफ्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा लैजान सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *