संघीयता जोखिममा पर्ने अवस्था देखियो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका हुन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए । उनले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको बताए । अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए ।

उनले भने, ‘लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ । संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ । यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यक्ता छ । कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो । सामाजिक न्यायको झण्डा हो । समानताको झण्डा हो । विकासको र समृद्धिको झण्डा हो । यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ । विकास हामी बोकिरहेका छौँ तर खोजेको जस्तो छैन, समाजमा एक भारी विकृति र विसंगति अहिले पनि विद्यमान छन् । ’

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =