विराट दरबारदेखि बर्जु हाफ म्याराथन प्रतियोगिता हुने

विराटनगर । विराट दरबारदेखि बर्जु हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । काेशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा विराटनगरको विराट राजा दरबार क्षेत्र देखि बर्जु तालसम्म म्याराथन दौड हुन लागेको हो ।

५ किलोमिटर महिला र पुरूष तर्फ हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ । आगामी जेष्ठ ६ गते हुने प्रतियोगितामा हाफ म्याराथन २३ किलोमिटर दौड हुने पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा सञ्जीवकुमार राईका अनुसार महिला तर्फ ५ किलोमिटर दौड र हाफ म्याराथन दौड विराटनगर महानगरपालिका वडा नम्बर १८ भेडियारीदेखि बर्जु गाउँपालिकाको बर्जु पोखरीसम्म हुनेछ । प्रतियोगितामा १०० जनाको सहभागिता रहने जानकारी दिएको हो ।

चार गतेसम्म नाम दर्ताको समय दिइएको प्रतियोगितामा महिला र पुरूषकाे लागि फरक फरक पुरस्कारको व्यवस्था गरिएको छ । १० लाख लागतको खर्चको अनुमान गरिएको प्रतियोगितामा हाफ म्याराथनमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा सान्त्वना पुरस्कार ३ जनालाई १५ हजारको दरले उपलब्ध गराइने सचिव राईले बताए ।

महिला तर्फ ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *