टोपबहादुर रायमाझी पक्राउ
२०८० वैशाख ३१ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको हो।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी अर्घाखाँचीबाट फरार भएका थिए।
सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो।
२०८० वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








