सप्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो. तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिए ।

रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको उनले बताए । गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *