११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए भठालु

मोरङको बुढीगंगामा हाईटेन्सन लाइनको पोलमा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन् ।

गाउँपालिको विकासमा अनियमिमता भएको तथा वडामा निर्माण हुँदै गरेको रिटेनिङ वालमा गुणस्तर हीन सामाग्री प्रयोग भएको भन्दै त्यो भत्काउनु पर्ने माग सहित हाईटेन्सनलाईनको पोलमा चढेका थिए ।

बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय दिनेश कुमार माझी (भठालु) ले बिहान ६ बजेदेखि हाईटेन्सनलाईनको पोलको टुप्पोमा बसेर गुणस्तर हीन काम रोक्न माग गरेका थिए । रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइन क्षमता रहेको पोलको टुप्पोमा बसेर उनले स्थानीय सरकार र वडा अध्यक्षलाई दबाब दिएका थिए ।

गाउँपालिका अध्यक्ष जितनारायण थापामगरले उनी पोलमा चढेको ठाउँमा पुगेर माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खम्बाबाट भठालु अपराह्न साढे ४ बजे ओर्लिएको डिएसपी रञ्जनकुमार दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *