मोरङको बुढीगंगाका भठालुको हठ, अनियमितता रोक्न माग राख्दै ७ घण्टादेखि हाईटेन्सनको टुप्पोमा

विराटनगर । मोरङको डंग्राहाका एक युवाले विभिन्न माग राख्दै हाईटेन्सन लाइनको पोलमा चढेका छन् । गाउँपालिको विकासमा अनियमिमता भएको तथा वडामा निर्माण हुँदै गरेको रिटेनिङ वालमा गुणस्तर हीन सामाग्री प्रयोग भएको भन्दै त्यो भत्काउनु पर्ने माग सहित हाईटेन्सनलाईनको पोलमा चढेका हुन् ।

बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय दिनेश कुमार माझी (भठालु) बिहान ६ बजेदेखि हाईटेन्सनलाईनको पोलको टुप्पोमा बसेर गुणस्तर हीन काम रोक्न माग गरिरहेका छन् । रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइन क्षमता रहेको पोलको टुप्पोमा बसेर उनले स्थानीय सरकार र वडा अध्यक्षलाई दबाब दिएका हुन् ।
गाउँपालिकाका जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले आफ्नो माग सम्बोधन नगरे आत्म दाहको चेतावनी दिएका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदारलाई आफ्नो मागहरू सुनाउँदा समेत बेवास्ता गरेपछि उनले यस्तो निर्णय लिएको स्थानीयले बताएका छन् ।

आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । बिहान ६ बजे हाईटेन्सन लाइनको पोलको टुप्पोमा पुगेर बसेको भए पनि त्यहाँ पालिकाका अध्यक्ष थापामगर तथा उपाध्यक्ष गच्छदार समेत अहिलेसम्म पुगेका छन् । बुढीगंगा वडा नम्बर ७ को कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको वडा अध्यक्ष पंकजकुमार चौधरीले जानकारी दिए । युवाले गरेको गतिविधिको बारेमा पालिकाका अध्यक्ष र उपाध्यक्षलाई जानकारी गराइएको भए पनि उनीहरूले बेवास्ता गरेको चौधरीले बताए ।

अहिले विकास निर्माणको काममा गुणस्तर हीन काम भएको तथा पालिकाको भ्रटाचारलाई रोक्नु पर्ने माग राखेको स्थानीयको भनाई छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *