एमाले बैठक : लगातार पार्टीको ३ बैठकमा अनुपस्थित भए कमिटीबाटै हटाउने

नेकपा एमालेले पार्टीको बैठकमा जानकारी पाएर पनि ३ पटकसम्म अनुपस्थित भएमा पार्टी कमिटीबाटै बिदा गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले ३ पटकसम्म अनुपस्थित भएमा पार्टी कमिटीबाट निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको छ भने बैठकमा आउने तर काम नगर्नेलाई निश्चित समयसम्म काममा लाग्न प्रेरित गर्ने, सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णय गरिएको बताए ।

उनले भने, ‘भद्दा भएको कमिटीमा पदाधिकारी बाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने पनि निर्णय भएको छ । ‘मिसन ग्रास रुट’ अभियानको सम्पूर्ण प्रदेशबाट प्राप्त विवरणको समीक्षाको आधारमा स्थायी कमिटीको बैठक बसेर वार्षिक कार्य योजना तयार पारिएको छ । साथै पार्टी सदस्यमा शुद्धीकरण र बिस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको असार १५ सम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *