एउटा काण्ड छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौँको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरू अनुसन्धान भए सरकारको सफलता मान्ने बताए । उनले भुटानी शरणार्थी काण्डलाई सरकारले सुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।

लामिछानेले सरकारले अन्य लाइनमा रहेको काण्डहरू अनुसन्धान अघि बढाउन रोकिन नहुने बताए । उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरूले कसैले पनि विषयान्तर गर्न नहुने बताए । उनले आफ्नो दलको लागि दोषीलाई बचाउने,छेक्ने ढाँट्ने नगर्न आग्रह गरे ।

लामिछाने भन्छन् ,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरूको उजागर भयो । विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएको देखेका छौैं । यो देशको बेइज्जत भएको होइन यो देशको इज्जत बढ्यो । पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोसिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन । एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यति धेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरू लाइनमा छन्। ती काण्डहरू पनि अनुसन्धान हुन् । अनि हेर्छौँ । सरकारले यसलाई सुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नाङ्गी सक्यो अब किन छेक्ने ।’

सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए । उनले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिन सक्नुपर्ने बताए। उनले काण्डमा दोषी देखिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *