भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

शनिवार काठमाडौँको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्माभइ भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए ।

विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिक स्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।

विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए । उनले देश अप्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए। उनले अहिलेको नेताहरू भगौडे रहेको र सबै उद्योग धन्दाहरु बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए ।

त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताए । उनले जनतालाई आँखामा छारो हालिरहेको बताए ।

साथै, प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरू भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताइन्।

प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगी रहेको बताए ।

तस्बिरहरु:

सबै तस्बिर मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *