बास्कोटा र बस्नेतको एकस्वर- एमाले संघीयताको विपक्षमा उभिनुपर्छ

काठमाडौँ । नेकपा एमालेमा संघीय प्रणालीमाथिको बहस औपचारिक प्रवेश भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा प्रभावशाली दुई केन्द्रीय सदस्य गोकुल बास्कोटा र महेश बस्नेतले संघीय प्रणालीमाथिको बहस औपचारिक प्रवेश गराएका हुन् ।

उनीहरूले संघीय प्रणाली देशहितमा नभएको बताए । समूहगत छलफलका क्रममा उनीहरूले संघीयता खारेजी हुनुपर्ने बताएका हुन् । यसअघि पनि उनीहरूले संघीयता खारेज हुनुपर्ने आवाज उठाउँदै आएका थिए । तर, पार्टीमा भने पहिलोपटक उनीहरूले संघीयता खारेजी हुनुपर्ने प्रस्ताव पेश गरेका हुन् ।

जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने बास्कोटाको तर्क छ । अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धि केही नदिएको उनको भनाइ थियो ।

संघीय संसद्को दोस्रो ठूलो दल एमालेमा पछिल्लो समय संघीयता विरोधी अभिमत बढ्दै गएको छ । अनौपचारिक रूपमा नेताहरूले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्दै आएपछि पार्टीका बैठकमा भने कमै नेताहरूले मात्रै संघीयताको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =