एमाले बैठकमा प्रदेश खारेज गर्न प्रस्ताव

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको छ । बिहीबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गरेर जान प्रस्ताव आएको हो।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश र दुई गैरभौगोलिक गरी ९ समूह बनाइएको छ। दुई वटा समूहबाट प्रदेश संरचना खारेजको प्रस्ताव आएको छ।

पोलिटब्यूरो सदस्य विशाल भट्टराईले बागमती प्रदेशबाट केशव पाण्डे र सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारीले आफ्नो समूहमा प्रदेश संरचना खारेजीको प्रस्ताव आएको प्रतिवेदन पेश गरेका छन्।

यसअघि केही नेताहरुले प्रदेश संरचना अनावश्यक भएकाले खारेजी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

तर यसपटक भने केन्द्रीय कमिटी बैठकमा प्रस्तावकै रुपमा अगाडि बढाइएको छ । बागमती प्रदेशको समूहगत छलफलमा महेश बस्नेत, गोकुल बास्कोटा र देवी ज्ञवालीले प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =