जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापारसंघले प्रशासनसँग माग्यो सुरक्षा

जनकपुरधाम । मधेस प्रदेशको राजधानी समेत रहेका जनकपुरधाममा रात्रिकालीन व्यावसाय सञ्चालनको तयारी थालिएको छ । उद्योग वाणिज्य संघ जनकपुरधामले रात्रिकालीन व्यावसायका लागि व्यापारीहरुसंग छलफल गरेको हो । व्यापारीहरु रात्रिकालीन व्यावसाय गर्न सकारात्मक देखिएपछि शान्ति सुरक्षा माग्दै संघले आज धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

जनकपुरधामको मुख्य बजार क्षेत्रको होटल, फास्टफूड, खाद्यान्न, फलफूल, औषधी लगायतको पसलहरु राति १२ बजेसम्म संचालन गर्ने आवश्यक भएकाले सुरक्षाको व्यबस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

उनले भने, ‘राति १० बजेसम्म भारतीयसहितका पर्यटक जनकपुरधाम आउने गर्छन् । त्यतिबेलासम्म होटल र अन्य पसलहरु बन्द भइसकेका हुन्छन् । भोजन समेत नपाउँदा पर्यटकहरु समस्यामा पर्छन् । यसले व्यापार व्यवसायमा समेत नकारात्मक असर परइरहएकआलए रात्रिकालीन व्यावसाय संचालनको तयारी गरेका छौं ।’

संघका अध्यक्ष महासेठले प्रहरी प्रशासनले सुरक्षा दिनसके रात्रिकालीन व्यावसाय तत्कालै सुरु गरिने जानकारी दिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले रात्रिकालीन व्यावसाय संचालनको विषयमा आफू सकारात्मक रहेको बताए ।

उनले भने, ‘व्यापार व्यवसाय त चाैबीसै घण्टा सञ्चालन हुनुपर्ने हो । तर यस्तो अभ्यास यता छैन् । पहिलेदेखि नै यो विषय उठेपनि आज लिखित दिएपछि मलाई सजिलो भएको छ । यसको अध्ययन गरी कार्यदल बनाएर अगाडि बढ्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *