बुढीगंगामा राठीको उद्योगमा आगलागी (तस्बिरहरू)

विराटनगर । बुढीगंगा गाउँपालिका ५मा रहेको एक उद्योगमा आगलागी भएको  छ । मध्यरातमा विद्युत् सर्ट भएर भएको आगलागीमा राठी ग्रुपको उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

राठीग्रुप अन्तरगतको राजेन्द्र राठीले सञ्चालन गरेको उद्योग मध्ये राठी मेनिफ्याक्चरिङ प्रालिमा आगो लागेको प्रहरी सहायक निरीक्षक दिनेशकुमार श्रेष्ठले जानकारी दिए । राठी ग्रुपले सञ्चालनमा ल्याएको तीन कम्पनी मध्ये एउटामा आगो लागेको हो ।  तीन उद्योग मध्ये अन्नपूर्ण मेनिफ्याक्चरिङ र अन्नपूर्ण ग्लोबल ईन्पेक्स प्रालिलाई प्रहरी र दमकलको सहयोगले  क्षति हुनबाट जोगाएको छ ।

विद्युत् सर्टका कारण भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । मध्यराति १:५० बजेदेखि लागेका आगो नियन्त्रणमा लिन विराटनगर, उर्लाबारी, रामधुनि, रंगेली, पथरी, बेलवारी, सुन्दरहरैँचा, इटहरी, नेपाल आयल निगम, विराटनगर विमानस्थल लगायत १२ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरी रहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।  उद्योगले विद्युत्का स्विचहरू बनाउने काम गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *