सिरहामा गुरुलाई जलाउँदै गरेको चितामा हामफालेर प्राण त्यागे युवकले

जतिसुकै प्रेम भएपनि नजिकका साथीको मृत्यु हुँदा कसैले पनि त्यसका लागि ज्यान गुमाउँदैनन्।
आमाबाबु, श्रीमान–श्रीमती, दाजुभाई, छोराछोरी, दिदीबहिनी एउटै परिवारमा लामो समयसम्म बस्दै आएपनि कसैको निधन हुँदा अरु व्यक्ति त्यसकै निम्ति ज्यान गुमाएका घटना सायदै होलान्।
तर हाम्रै देशमा एउटा यस्तो घट्ना भएको छ, जुन पत्याउनै गाह्रो छ ।
तर पत्याउनैपर्ने वास्तविक घट्ना भएको छ नेपालसँग सीमा जोडिएको भारतमा । जहाँ एक जना साधुको मृत्यु भएपछि जलाउन बालिएको चित्तामा उनका चेलाले पनि हाम फालेर ज्यान गुमाएका छन् ।
घट्ना गत मंगलबारको हो ।
सिरहाको बरियारपट्टी गाउँपालिका ३ मा केहि दिन अगाडि भएको बिष्णु महायज्ञमा सहभागी हुन् बिष्णुजी भनेर चिनिएका साधुको १०५ बर्षको उमेरमा निधन भएको थियो ।
नेपाली भूमीमा निधन भएका उनलाई अन्तिम संस्कार गर्न भारतको लक्ष्मिनियाँ भन्ने ठाउँमा रहेको उनकै कुटीमा लगिएको थियो ।
साधुकै कुटीमा चित्ता बनाएर बिष्णु बाबाको अन्तिम संस्कार गरिरहँदा नाम खुल्न नसकेका उनका चेला पनि सोही चित्तामा कुदेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बिनोद कुमार यादवले जानकारी दिए ।
‘बिष्णु बाबाका चेला रहेका ती व्यक्ति चित्ताको चारैतिर घुमेर एक्कासी त्यहीं चित्तामा कुदेर ज्यान गुमाएको पाइयो’ उनले भने ।
वडाअध्यक्ष यादवले धनुषा घर भएका बाबा बिष्णु महायज्ञ गराउन बरियारपट्टी आएका थिए ।
उनको यहीं मृत्यु भएको थियो ।
धनुषा जिल्ला घर भएका उनी धेरै पहिला परिवार त्यागेर भारतको लक्ष्मिनियाँ भन्ने ठाउँमा कुटी बनाएर बस्दै आएका थिए ।
बाबाको चित्तामा कुदेर चेलाले ज्यान दिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *