स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए । उनले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताए । उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताए ।

उनले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताए । स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गरे ।

उनले भने ‘हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको कृषि हो तर यही क्षेत्रलाई सबैभन्दा बेवास्ता गरिएको छ । जब यो हाम्रो हो भने यसमै सबैभन्दा धेरै लगानी गरेर यसलाई उठाउनुपर्छ । अनिमात्रै हामी अघि बढ्न सक्छौँ, अहिले बेवास्ता गरेको बेलामा पनि ३० प्रतिशत बढी हिस्सा अर्थतन्त्रको यसले ओगटेको छ । हामीले महत्वपूर्ण मानेर लगानी बढाउने हो भने जति यहाँ उत्पादन गर्नसक्छौँ, त्यत्ति नै विदेश निर्यात गर्नसक्छौँ । त्यो वातावरण हामीसँग छ । हाम्रो देशको मुल अर्थतन्त्र कृषि हो, कृषि कमजोर भइरह्यो भने हामी सधैँ गरिब भइरहन्छौँ । कृषि हाम्रो सदाकालको अर्थतन्त्र हो, यसलाई हामीले विकास गर्न नसके हामी अघि बढ्न सक्दैनौँ । नयाँ व्यवस्था आएको छ, तीन सरकार छन्, स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिऔँ तर कृषि फर्ममा आधारित हुनुपर्छ । एकै वर्षमा हामीले आत्मनिर्भर बनाउनसक्छाँै नेपाललाई । कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसके आत्मनिर्भर बन्न समय लाग्दैन ।’

राष्ट्रिय सभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसकने वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =