भ्रष्टाचारीलाई खुट्टा नकमाई कारवाही गर्न नागरिक समाजद्वारा दबाब प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नागरिक समाजका अगुवाहरूले भ्रष्टाचारीलाई खुट्टा नकमाई कारवाही गर्न सरकारलाई दबाब स्वरूप प्रदर्शन गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीतहरू पक्राउ परिरहेका बेला बुधबार काठमाडौँमा समाजले प्रदर्शन गरेको हो ।

अगुवाहरूले ‘नेतालाई सधैँ मस्ती, जनतालाई सास्ती’, ‘सरकार हिम्मतको लागि आभार, खुट्टा कमाए खबरदार’, ‘कति गर्छौ भ्रष्टाचार, भ्रष्टाचारी खबरदार’ जस्ता नारा लेखिएका प्लेकार्ड र व्यानर लिएर दबाब प्रदर्शन गरेका छन् ।

डा. गोविन्द केसीको अगुवाइमा उक्त प्रदर्शन भएको थियो ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *