राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई विराटनगरमा स्वागत

विराटनगर । कोशी प्रदेशका तीन व्यापारी संस्थाले संयुक्त रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको विराटनगरमा भव्य स्वागत गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा गरिएको सम्मान कार्यक्रममा सहभागी हुन राष्ट्रिय क्रिकेट टोली विराटनगर आएको हो ।

विराटनगर विमानस्थलबाट उनीहरूलाई एयरपोर्ट मोड हुँदै बरगाछी–तीनपैनी–मेनरोड हुँदै रोडशेष चोक र त्यहाँबाट पुनः बरगाछी चोकसम्म तातो घाममा नगर परिक्रमा गराइएको छ । एसिया कपको ट्रफी सहित पिकअप भ्यानमा उभिएका खेलाडीहरूलाई विराटनगरबासीले भव्य स्वागत गरे ।

राष्ट्रिय क्रिकेट टिमले एसिसी प्रिमियर कपमा ऐतिहासिक जित निकाल्दै एसीसीका लागि सुरक्षित गरेको छ । यसलाई नेपाली क्रिकेट खेल जगतमा अहिलेसम्मकै ठुलो उपलब्धिका रूपमा लिइएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालकै गौरव उँचो बनाएको भन्दै उद्योगी व्यवसायी क्षेत्रले त्यसको खुसी साट्न खेलाडी सम्मान कार्यक्रम राखेका हुन् । खेलाडीहरूको स्वागतका लागि तिनै संगठनका पदाधिकारीहरू स्वागत लागि विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *