संसद बैठक बस्दै, आज पनि प्रि बजेटमै छलफल हुने

आइतबारदेखि सुरु संसद बैठकमा आज पनि प्रि बजेटबारे छलफल हुने भएको छ। बर्खे अधिवेशनअन्तर्गत सोमबारदेखि प्रि बजेटमाथि छलफल सुरु भएको हो।

तर भुटानी शरणार्थी प्रकरणले सांसदको ध्यान र बोलि तानेको छ। सोमबार पनि यही विषयले संसदमा हंगामा भयो।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रि(बजेटमाथि छलफलको कार्यतालिका छ। बिहान १०ः३० बजेबाट सुरु हुने बैठकमा आइतबार संसद्‌मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।

बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरूले बोल्ने क्रम सकिएको छैन। आज पनि सांसदहरुले बजेटमाथी आफ्नो धारणा राख्नेछन्।

सांसदहरुले उठाएको प्रश्न र सुझावपछि सरकारका तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =