कार्यसूची तय गर्न एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो।
सचिवालयपछि केन्द्रीय कमिटी बैठक वैशाख २८, २९ र ३० गते काठमाडौंमा बस्दैछ। त्यसैको कार्यसूची तय गर्न बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनका अनुसार समसामयीक विषयमा पनि सचिवालय बैठकमा छलफल हुने छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका छन्। त्यस्तै पार्टीका सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई सोही प्रक्ररणमा हिरासतमा छन्। रायमाझी भने हाल फरार छन्।
रायमाझीलाई पक्राउ नगर्न अध्यक्ष ओलीले सुरु देखि नै दबाब दिँदै आएका छन्।
एमाले बैठकमा फागुनदेखि वैशाखसम्म सञ्चालन भएको मिसन ग्रासरुट अभियानको पनि समिक्षा हुने छ।
एमालेले केन्द्रीय कमिटी बैठक झापामा आयोजना गर्ने भनिए पनि संसद्को प्रिबजेट छलफल र पछिल्लो राजनीतिक घटनाक्रमका कारण काठमाडौं सारिएको छ।








