टोपबहादुर भागेर भारतको लखनउ पुगे, सीआईबीको टोलि परिचालन

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी भारत भागेको प्रहरीको आशंका छ।

उनलाई खोजि गर्न प्रहरीको केन्द्रयि अनुसन्धान ब्युरो सीआईबी परिचालन गरिएको छ।

पक्राउ पुर्जी जारी भएपछि आफैं उपस्थित हुन्छु भन्दै प्रहरी सम्पर्कमा आएका रायमाझी त्यसै राति बुटवलबाट भारततर्फ भागेको निस्कर्षमा प्रहरी पुगेको हो।उनलाई पक्राउ गर्न देशभरका युनिटमा परिपत्र गरिएको छ।

जिल्ला अदालत काठमाडौंबाट गत बुधबार उनलाई पक्राउ गर्नै प्रहरीले अनुमति लिएको थियो।

त्यतिबेला अर्घाखाँचीमा थिए। त्यसै बेलुका काठमाडौं आउने टिकट भएपनि टिकट रद्द गरेर उनी फरार भएका हुन्।

रायमाझी भागेर लखनउ पुगेको प्रहरीको अनुमान छ।

प्रहरीले यो घटनामा उनका छोरा सन्दीपलाई त्यसैदिन बुटवलबाट पक्राउ गरेको थियो। अहिलेसम्म ८ जना पक्राउ परेका छन्।

केशव दुलाल, सानु भण्डारी, सागर राई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा पनि हिरासतमा छन्।

अन्य १२ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनीहरु भने पक्राउ परेका छैनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =