शरणार्थी प्रकरणपछि सरकारले रोक्यो आईजीपीको अमेरिका भ्रमण

नक्कली शरणार्थी प्रकरणपछि सरकारले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई अमेरिका जान रोेकेको छ। अमेरिकामा आयोजना हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आईजीपी कुँवर सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय थियो।

तर गृह मन्त्रालयले अन्तिम समयमा अनुमति नदिने निर्णय गरेको हो।

आईजीपीले अनुमति नपाएपछि उक्त कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख एआइजी किरण बज्रचार्य नेतृत्वको ५ सदस्यीय टोली गएको छ। टोलीमा एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी चन्द्र बहादुर धामी र एसपी सन्तोष खड्का अमेरिका प्रस्थान गरेका छन्।

वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङटन डिसि र न्युयोर्कमा सञ्चालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौति र आतंतवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तिय अपराध अनुसन्धान तथा नियन्त्रण लगायत विषयमा छलफल हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =