गगन थापाले भने – अब त अति भयो
२०८० वैशाख २४ गते

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा उनले पार्टीभित्र असन्तुष्टि रहेको संकेत गर्दै उल्लेख गरेका हुन्।
आफूले पटक पटक यस्ता विषय उठाए पनि सुनुवाई नभएको उनको गुनासो छ। आफू जिम्मेवार पदमा भएकाले सीमामा बाँधिएको बताउँदै महामन्त्री थापाले अब अति भएको गुनासो गरे।
थापाले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो।’
२०८० वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








