बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डीः अध्यक्ष ओली

नेकपा एमालको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाए।
उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरेपनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनुपर्ने बताए।
गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाए।
अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहीरहनु उचित नरहेको जिकिर गरे। ओलीले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको बताए।
उनले भने, ‘आज अघि भर्खर अर्थमन्त्रीजीले बजेटका सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्नुभयो । कर्मकाण्डी मात्रै छ । श्राद्धमा एउटा बिरालो छि¥यो, बाँकी केही पनि छैन । चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गर्नुभएको थियो । केले व्यवधान पु¥यायोरु नेपाली जनतालाई जवाफ दिनुपर्दैन ? ८ प्रतिशत के देखेर राख्नुभएको थियो, आँकलन कसरी राख्नुभयो । अहिले १।८ प्रतिशत लगभगको अवस्थामा रहनु, के कारणले रु को जिम्मेवार ? फेरि गठबन्धन भनेर, देशलाई ध्वस्त बनाएर सरकारमा बसिरहन उहाँहरुलाई अफ्ठ्यारो लाग्नुपर्दैन ? जसरी पनि सरकारमा बस्ने की देशलाई केही दिनका लागि सरकारमा बस्ने ? ८ प्रतिशत भनेको ठाउँमा २ भन्दा कम हुन्छ ? २५ प्रतिशत पनि आँकलन पुग्दैन ? उपलब्धि हाँसिल हुँदैन भने उहाँहरुको आयव्ययको अनुमानलाई कसरी विश्वास गर्ने ? उहाँहरुले राजश्व जे उठ्छ भन्नुभएको थियो, त्यसको आधा पनि उठ्दैन, कसरी विश्वास गर्नु । यही सरकार रहेर त जति गरेपनि त्यही हो । गाउँघरतिर भन्छन् नि बोकाले दाइँ हुनेभए गोरु किन चाहियो ? दाइँ गर्ने हो भने घुम्ने चिज जे हो त्यो परिवर्तन गर्नुपर्छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन र चुनौतिको सामना गर्न नसक्ने पनि दाबी गरे।








