विजय हितानको उपन्यास लाहुरेको रेलिमाई लोकार्पण

काठमाडौँ । लेखक ,पर्यावरणबिद तथा वातावरण संरक्षण अभियन्ता विजय हितमानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज काठमाडौँमा एक समारोहबीच लोकार्पण सम्पन्न भएको छ ।

लामो समयदेखि बेलायत सरकारसँग आबद्ध रहेर पर्यावरणबिदको रूपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सक्रिय अभियन्ताको रूपमा परिचित छन् ।

पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यको बगैँचामा एउटा फूलको वृक्षारोपण गरेका छन् ।

सामाग्री प्रकाशन गृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्र सनको जीवनीमा आधारित एक आख्यान हो ।

यो कृतिले नेपाली पाठकहरूलाई गोर्खा लाहुरे र प्रथम बिश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजिवरुपमा प्रस्तुत गरिएको यो कृतिमाथि लेखक स्वयंम र वक्ताहरु प्रा डा गोविन्द राज भट्टराई, नेपाली चलचित्र तथा संगीतविज्ञ प्रकाश सायमी , र कवि बिमला तुम्खेवाले आ आफ्नो अभिव्यक्ति राखेका थिए ।

लेखक समालोचक राजकुमार बानियाले कार्यक्रमलाई अन्तरक्रियात्मक ढङ्गले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *