वैशाख २२ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २२, २०८० । ई.सं. ०५ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ बछलाथ्व । पिङ्गल उत्तरायण वसन्त । शुक्रबार वैशाख शुक्लपक्ष । तिथि- पूर्णिमा २३:०७ बजेसम्म, त्यसपछी प्रतिपदा । नक्षत्र- स्वाती २१:५६ बजेसम्म, त्यसपछी विशाखा । योग- सिद्धि ०९:३४ बजेसम्म, त्यसपछी व्यतीपात । करण- भद्रा ११:१९ बजेसम्म, त्यसपछी वव २३:०७ बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि तुला । आनन्दादि योग गद । दिनमान ३३।०७/१३:१५ । सूर्योदय ५:२४ । सूर्यास्त १८:३९ । भ.११:१९ प. पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती, चण्डीपूर्णिमा, गोरखनाथ जयन्ती, वैशाखस्नान समाप्ति, घाटुनृत्य विसर्जन, उभौली पर्व, स्वाया:पुन्ही, बन्दिकापुरमा चण्डेश्वरी रथ यात्रा, रानीगोटवाग भैरव पर्व, ल.पु. गोटीखेलमा वैतरणीधाम स्नान ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, तर शेयर बजारमा भने नोक्सानी नै रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यात्रा गर्दा पनि सचेत हुनुपर्छ, तर साँझमा भने कुनै कुराले मन खुसी हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =