बेलायत उडे परराष्ट्रमन्त्री एनपी साउद 

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत प्रस्थान गरेका हुन् ।

उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो  । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो ।

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आगामी शनिबार हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =