आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । मोरङमा आत्म दुरुत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्दप्रसाद नेपालले वैशाख १४ गते आत्मदाहको प्रयास गरेका थिए ।

महानगरपालिका ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा उपचारको क्रममा रेडप्लस अस्पताल १५ गते मृत्यु भएको थियो । उनको मृत्यु भएपछि प्रहरीले त्यसबारेमा थालेको अनुसन्धानको क्रममा वैशाख १६ गते आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको परेपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

विराटनगर महानगरपालिका ४का ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेललाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये पोखरेललाई घरैबाट र सविनालाई झापाको कमल गाउँपालिका वडा नं. ४ बाट मंगलबार पक्राउ गरेको प्रहरले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *