वैशाख १९ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख १९, २०८० । ई.सं. ०२ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ बछलाथ्व । पिङ्गल उत्तरायण वसन्त । मंगलबार वैशाख शुक्लपक्ष । तिथि- द्वादशी २२:२३ बजेसम्म, त्यसपछी त्रयोदशी । नक्षत्र- उत्तरफाल्गुनी १९:०४ बजेसम्म, त्यसपछी हस्त । योग- व्याघात ११:२७ बजेसम्म, त्यसपछी हर्षण । करण- वव ०९:४९ बजेसम्म, त्यसपछी वालव २२:२३ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि कन्या । आनन्दादि योग धाता । दिनमान ३२।५७/१३:११ । सूर्योदय ५:२६ । सूर्यास्त १८:३७ त्रिपुष्कर १९:०४ बजेसम्म, कोका-कोशी संगममा मत्स्यदर्शन ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । परिवारभित्र खटपट बढ्ने सङ्केत छ । सन्तानको माया पनि कम हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =