रास्वपाको संसदीय दलको सचेतकमा डाँगी
२०८० वैशाख १८ गते

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।
रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
“हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उनले भने, “निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।”
बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ। नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।
२०८० वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








