कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त भएका छन् । उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । त्यसैगरी उनले नेपाली कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसकेको मुख्यसचिव पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =