तारैतारले जेलेकाे कुरूप राजधानी काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ । नेपालको राजधानी काठमाडौँ । जुन देशकै ठूला सहरहरू मध्य एक हो । जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको छ । राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन् । अन्य देशका राजधानी सुन्दर, व्यवस्थित र विकसित हुने गर्दछ भने काठमाडौँ सुन्दर, व्यवस्थित र विकसित हुनुको साटो धुलो,धुवा र तार जालोको कुरूप भएको छ । विद्युत्, टेलिफोन, केवल अपरेटर र इन्टरनेट सेवा प्रदायक पोलले पनि थेग्न नसक्ने गरी तार टाँगिदा सहर कुरूप मात्र भएको छैन, दुर्घटनाको जोखिम पनि बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणले जालो झैँ बेवारिसे अवस्थामा टाँगिएका तार ‘अन्डरग्राउन्ड’ गरी सहरलाई व्यवस्थित गराइँदै छ । तर, टेलिकम र अन्य सेवा प्रदायक भने यसतर्फ अग्रसर छैनन् । केही इन्टरनेट प्रदायक कम्पनीहरुले भने तार व्यवस्थापनमा अग्रसर भएको छन् तर काम अनुसार केही फरक भने देखिएको छैन । देशकै महत्त्वपूर्ण ठाउँ संघीय संसद भवनअघि अवस्था त उस्तै छ भने अरु छ ठाउँको त के कुरा गर्नु । नेपाल विद्युत् प्राधिकरणले आफ्नो तार भूमिगत गर्ने काम गरी राख्दा अरूको वास्ता नहुनु एकदम लज्जास्पद विषय बनेको छ ।

राजधानीको विभिन्न स्थानबाट कैद गरिएका तार जालोका तस्बिरहरू

तस्बिरहरू : मकालुखबर 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *