महावीर पुनको माग सोमबार सम्ममा पूरा गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग सोमबार (भोली) सम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

आइतबार (आज) सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आजै साँझसम्ममा सहमति खोज्ने तथा सम्भव नभए भोलि सम्ममा सहमति जुटाएर माग पुरा गर्ने गरी वार्ताबाट निर्णय भएको जानकारी दिए ।

पुनले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरू माग्नुभयो, अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुवै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलि सम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’

साथै पुनले छलफल अत्यन्त सकारात्मक भएकाले नतिजा निस्कनेमा विश्वास व्यक्त गरे ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =