राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ ।

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =