चन्द्र भण्डारी आइतबार नेपाल फर्किने
२०८० वैशाख १५ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी आइतबार नेपाल फर्किने भएका छन् ।
आइतबार दिँउसो २५५ बजे नेपाल एयरलाइन्स मार्फत भण्डारी स्वदेश फर्किन लागेको उनका दाइ मीन भण्डारीले जानकारी दिए ।
उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन् ।
घरमै ग्याँस लिक भएर दुर्घटना हुँदा भण्डारी र उनकी आमा परेका थिए । भण्डारीकी आमाको मृत्यु भएको थियो । भण्डारीको भने ४४ प्रतिशत शरीरको भाग जलेको थियो । उनलाई थप उपचारका लागि मुम्बई लगिएको थियो ।
उनी पूर्ण रूपमा स्वस्थ अनु बाँकी रहे पनि थप उपचार नेपालमै गर्ने गरी फर्काउन लागिएको हो ।
भण्डारीले सुरुमा पनि नेपालमै उपचार गराउने चाहना राखेका थिए । तर चिकित्सकको सुझावमा उनलाई भारतस्थित बर्न अस्पताल लगिएको थियो ।
२०८० वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित









