विराटनगरमा पूर्व बजेट छलफल, व्यवसायी भन्छन्-‘अर्थतन्त्र सुधार हुने बजेट चाहियो’

विराटनगर । कोशी प्रदेशका उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले अर्थमन्त्री डा प्रकाशशरण महतलाई ब्यवसायीका समस्यालाई ध्यानमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् ।

बिहीबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा अर्थ मन्त्रालय, राजश्व परामर्श समितिद्वारा आयोजित कार्यक्रममा व्यवसायीले आगामी बजेट अप्ठेरोलाई सजिलो हुने गरी ल्याउनु पर्ने बताएका हुन् ।

कोसी प्रदेश स्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष नवीन रिजाल र सुयश प्याकुरेलले संघ र संगठनद्वारा संयुक्त रूपमा तयार पारिएको सुझाव पत्र अर्थमन्त्री र अर्थ सचिवलाई हस्तान्तरण गरेका थिए ।

व्यवसायीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र जनताले महसुस गर्न सक्ने बजेट ल्याउन सुझाव दिएका छन् । सहभागी उद्योगीले अवस्था नाजुक रहेकोले अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिए।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराटनगरमा अति आवश्यक भौतिक पूर्वाधार निर्माण र अधुरा काम पूरा गर्न सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराए । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले विराटनगर–बथनाहा रेलमार्गको कार्य सुरु भएको १८ वर्ष बित्न लाग्दासमेत पूरा नहुँदा औद्योगिक क्षेत्रमा निराशा छाएको बताए । तत्काल यसलाई संचालन गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *