ओलीलाई लक्षित गरी इलाममा रुख ढालेर सडक अवरुद्ध, कार्यक्रम बिथोल्न खोज्ने १३ जना पक्राउ

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लक्षित अवरोध भएको छ । पहिचानवादीको नाममा इलाम प्रवेश गर्न नदिने गरी रुख ढालेर सडक अवरुद्ध भएको हो ।

इलामको फिक्कलमा बसेका ओली बिहान इलाम सदरमुकामतर्फ जाने क्रममा माईखोला र इलाम सदरमुकामको बिचमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । इलामको ग्रिन भ्यु होटलमा नेकपा एमालेको पार्टी कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गरेका ओली लक्षित सडक अवरुद्ध भएकोमा त्यसलाई पन्छाएर कार्यक्रम स्थलसम्म पुर्‍याईएको सुरक्षा निकायले जनाएको छ ।

पूर्वप्रधानमन्त्री ओलीसहित प्रतिनिधि सभाका सदस्य सुभाष नेम्वाङ कार्यक्रममा सहभागी हुन इलाम पुगेका छन् । कार्यक्रमलाई बिथोल्न जाँदै गरेका थप १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

लठ्ठी र कालो झण्डा सहित कार्यक्रम बिथोल्न जाँदै गरेका १३  जनालाई जोरकलस  नजिकैबाट नियन्त्रणमा लिएको पोखरेलले जानकारी दिए । अहिले होटल ग्रीनभ्युमा  नेकपा एमालेको कार्यक्रम शान्तिपूर्ण रूपमा भईरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *